+
+

वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते ८:२१

१४ कात्तिक, काठमाडौं । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए ।

यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।

कोभिडकालमा बोल्सोनारो विवादित बनेका थिए । साथै देश भोकमरीको समस्या पनि देखा परेको थियो । ७६ वर्षीय सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको श्रृंखला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए । साथै उनले नयाँ कर प्रणालीको पनि प्रतिज्ञा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?