+
+

मंसिर ४ पछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १२:११

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।

अब नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्दै समृद्धि हासिल गर्ने उनले बताए । यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने सिंहले बताए ।

अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्ने उनले बताए । अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न पनि उनले मतदातालाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?