+
+

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १२:५०

१४ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव गरेको छ । १४ कात्तिकमा बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?