+
+

माओवादी घोषणापत्र : हरेक पालिकामा डाक्टर र नर्स पढ्न छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:०८

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक स्थानीय तहमा डाक्टर र नर्स उत्पादन गर्न छात्रवृति दिने घोषणा गरेको छ ।

डाक्टरी वा नर्सको पढाइ सकिएपछि आफ्नै पालिकामा काम गर्ने सर्तमा यस्तो छात्रवृत्ति दिने माओवादीको घोषणा छ ।

‘पढाई सकेपछि आफ्नो पालिकामा सेवा गर्नुपर्ने सर्तमा हरेक पालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक डाक्टर, एक स्टाफ नर्स पढ्न सरकारले छात्रवृत्तिको व्यवस्था गर्नेछ’, सोमबार सार्वजनिक घोषणापत्रमा माओवादी केन्द्रले भनेको छ ।

यस बाहेक हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता दिने वाचा पनि माओवादीको घोाषणापत्रमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?