+
+

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १९:०४

१४ कात्तिक, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ ।

क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो ।

साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलको प्रस्ताव छ ।

संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनियता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि सरकारी वकिलले माग छ ।

सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) बमोजिम लामिछानेलाई १० देखि १२ वर्षसम्म जेलसजाय गर्न पनि माग दाबी प्रस्तुत गरेको छ ।

दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।

पीडितलाई उचित क्षतिपूर्ति दिलाइदिन पनि अभियोग पत्रमा माग दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?