+
+

बिलबोर्डको इतिहासमा टेलर स्वीफ्टको दुर्लभ कीर्तिमान, १० वटै सूची कब्जा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १२:२२

काठमाडौं । ‘बिलबोर्ड हट हन्ड्रेड’ सूचीका सबै १० चार्टमा कब्जा जमाउँदै गायिका टेलर स्वीफ्टले कीर्तिमान रचेकी छन् । बिलबोर्डको ६४ वर्षको इतिहासमा पहिलोपटक यो रेकर्ड कायम भएको हो ।

१० मध्ये ९ वटा चार्टमा सूचीकृत हुँदै यसअघि गायक ड्रेक सन् २०२१ को सेप्टेम्बरमा कीर्तिमान रचेका थिए । तर सबै १० सूचीमा अटाउँदै स्वीफ्टले पहिलोपटक दुर्लभ कीर्तिमान कायम गरेकी हुन् ।

स्वीफ्टको नयाँ गीत ‘एन्टीहिरो’ अहिले बिलबोर्ड सूचीको पहिलो स्थानमा छ । नौ वर्षको सांगीतिक करिअरमा एन्टीहिरोले स्वीफ्टलाई पुनः नेतृत्व प्रदान गरेको हो । अक्टोबर २१ मा रिलिज भएको ‘एलपी मिडनाइट’का सबै गीत १० सूचीमा अटाएका हुन् । गत साता नै स्वीफ्टले यसअघि ड्रेक र बिटल्सले कायम गरेका कीर्तिमानलाई तोडेकी हुन् ।

टेलर स्वीफ्ट पछिल्लो समय अंग्रेजी संगीतकै विश्वचर्चित गायिका हुन् । उनका प्रत्येक गीतले बिलबोर्ड मात्र होइन, गैरअंग्रेजीभाषी समुदायमा पनि लोकप्रियता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?