+
+

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १३:४४

काठमाडौं । तनहुँ जिल्ला अदालतमा आज (बुधबार) हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने तयारी भइरहेको र त्यसको ड्राफ्ट पलले अध्ययन गरिरहेको उनले बताए ।

‘अहिले पलजीले नै पुनरावेदनको ड्राफ्ट अध्ययन गरिरहनुभएको छ । उहाँबाट जवाफ आएपछि केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन दिनेछौं,’ उनले भने ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?