+
+

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते २०:१०

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो ।

यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ छ । ‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्ड समेत राखेको छ ।

साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

ट्रेलरले फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ । पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ हुन्छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?