+
+

डडेलधुरामा देउवालाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १४:३७

१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले पत्रकारहरुसँग भने ।

डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहेका छन् । बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने कक्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?