+
+

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:०९

१७ कात्तिक, बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुल्ने प्रहरी प्रवक्ता अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?