+
+

ओलीका कारण प्रधानमन्त्री हुन बाध्य भएँ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १८:०६

१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् ।

बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन भएको र आफू प्रधानमन्त्री बनेको बताए ।

‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ’, उनले भने, ‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।’

प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको आरोप पनि देउवाले लगाए ।

देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणको अघि बढिसकेको दाबी गर्दै डडेल्धुराको विकासका लागि प्रतिबद्ध रहेको समेत बताए । प्रधानमन्त्री देउवाले धनगढी–डडेल्धुरा चार लेनको सडक अझ सुन्दर बनाउने बताए ।

उनले डडेलधुरामा मेडिकल कलेज बनाउने कामको सुरुवात भइसकेको जनाउँदै रकम निकासा हुन बाँकी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?