+
+

सवारी दुर्घटनामा भारतीय चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १३:०३

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा भएको सवारी दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतको बिहार राज्य गोपालगञ्ज जिल्ला, बरैली थाना बरैली बस्ने ३० वर्षीय अशोक यादवको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ६ बजे वीरगञ्ज महानगरपालिका–२५ आईसीपी २ नम्बर गेटको पार्किङ क्षेत्रमा उनलाई कन्टेनरले ठक्कर दिएको थियो ।

दुवै खुट्टा कन्टेनरले किचेर घाईते भएपछि यादवलाई उपचारका लागि एलएस न्युरो हस्पीटलमा उपचारका लागि लगिएको थियो ।

एलएस हस्पीटलमा प्रारम्भिक उपचारपछि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा राति ८ बजे अस्पतालले यादवको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यादव पनि सवारी चालक हुन् । पीबी १२ एम ८१४९ नम्बरके ट्रक पार्किङ गरी पैदल हिँडिरहेको समयमा उनलाई एनएल ०१ एडी ४७३८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो ।

कन्टेनर सहित चालक भारतको युपी राज्य, बरैली जिल्लाा सि.डी.जंग थाना बस्ने ५० वर्षीय अजद रजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?