+
+

हुम्लाका नेता भोट माग्न गाँउघरमा, विमानस्थलमा नागरिकको हरिबिजोग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १३:५२

१८ कात्तिक, हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई जहाजको टिकट नपाएर हरिबिजोग भएको छ। निजी कम्पनी सिता, तारा, समिट एयरले नियमित उडान नभरेपछि स्थानीय नागरिकलाई नेपालगञ्ज सुर्खेत झर्न हरिबिजोग भएको हो ।

कर्णाली मुख्यमन्त्री, जिवनबहादुरा शाहीलाई चुनावका लागि गृह जिल्ला समिट एयरको जहाज जतासुकै भएपनि भनेकै ठाउँ पुग्छ । नेकपा एमालेका छक्कबहादुर लामा ,दल रावल सिता एयर जतासुकै भए पनि भन्ने बितिकै उडान भर्छन् । निजी एयरलाइन्स कम्पनीका जहाज नेताका आडमा तयारी अवस्था हुने भए पनि हुम्लीको पीडाबारे नेताहरुलाई चासो र चिन्ता छैन ।

शुत्रबार बिहान सिमकोट विमानस्थल बाहिर नेपालगञ्ज सुर्खेत काठमाडौ लगायतका सहर झर्न विद्यार्थीदेखि बिरामी ठूलै भिड देखियो । निजी कम्पनीका एयलाइन्सहरुले भित्रभित्रबाटै जहाज टिकट बाँडफाड गरेपछि स्थानीय नागरिकहरुले नाराबाजी सुरु गरे । मंसिर ४ गतेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको चुनावी प्रचार प्रसार नेताहरु उही पुरानै प्रतिवद्धतासहित गाउँघर पुगेका छन् ।

राष्ट्रिय सडक सञ्जाल हुम्ला जोड्नेदेखि हिल्सा सिमकोट टु ल्याण्ड सम्म प्रतिबद्धता छन् भने केही नेताहरुले पाँच विकास,बाटो,विचार,वन जडीबुटी, बजारीकरण प्रतिबद्धता गदैँ गाउँघरमा चुनावी प्रचारमा निस्केका छन् । दशै तिहार मनाएर शहर झर्न सयौ विद्यार्थीहरु सिमकोट विमानस्थलमै एकसातादेखि अलपत्र छन् ।

नेताका नजिक आसेपासेहरुले नेताकै सिफारिसबाट जहाज टिकट पाउने भएपछि सर्वसाधारण नागरिकहरुले विमास्थल गेटबाहिरबाट विरोध गरेका छन् । उनीहरुले ‘  नेताका सिफारिस चाहिदैन्, हुम्ली जनतालाई पीडा दिन पाइदैन’ भन्दै प्रदर्शन गरे । उनीहरुले हुम्लामा ‘नियमित फलाइट चाहिन्छ, नो भोट अगेन’ भन्नेसमेत नारा लगाए ।

दशै तिहार सकेर काठमडौ झर्नको सदमुकाम सिमकोट पुगेको सिमकोट गाउँपालिका २ ठेहेकी ममता भण्डारी चार दिनदेखि जहाज टिकट नपाएर अलपत्र परेको बताइन् । क्याम्पस सुरु भईसक्यो चार दिन लगातार टिकटको लागि धाउदाँसमेत टिकट नपाएको गुनासो गरिन् ।

खार्पुनाथ गाउँपालिका २ का बिरसिहं रावल पाँच दिनदेखि जहाज टिकट धाँइराखेका छन् । जहाज टिकट पाउन अझै पनि टुगो नभएको रावलको दुखसो छ ।

सयौ संख्यामा नागरिकहरु विमानस्थलमै अलपत्र हुदाँ समेत जिल्लाका नेताहरुले आँखा अझै नसम्म नखुलेको रावलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?