+
+

भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सकियो, ३६ ट्यालेन्ट पुगे नकआउटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १२:२२

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली संस्करणमा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल राउण्डबाट छानिएका र ‘स्टील’ भएर पुनः मौका पाएकासहित ३६ जनाले आगामी चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

नकआउट चरणमा एक कोचको टिममा रहेका नौमध्ये छानिएर तीन जना प्रतिस्पर्धी बाँकी हुनेछन् । यसरी चार कोचको टिमबाट छानिएका अन्तिम १२ जनाले लाइभ राउण्डमा गाउनेछन् । लाइभ राउण्डपछि दर्शकले भोट गर्न पाउनेछन् ।

चौथो सिजनको कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी छन् । यसपटक पनि विदेशबाट समेत प्रतिस्पर्धी सहभागी छन् र प्रतिस्पर्धा कडा देखिएको छ ।

‘नकआउट चरण अझै रोचक हुने देखिएको छ’ हिमालय टीभीकी जनसम्पर्क तथा बजार अधिकृत लक्ष्मी मैनालीले भनिन् । उनका अनुसार नकआउट चरणका चारैवटा एपिसोड आगामी शुक्रबारदेखि प्रसारण हुनेछन् ।

यसपटकको ब्याटल राउण्ड थप मनोरञ्जनात्मक देखियो । स्टेजमा राष्ट्रियता, संस्कृति र मनोरञ्जन ओतप्रोत हुने ढंगले प्रतिस्पर्धीले प्रस्तुति दिए । सन्ध्या बुढा अर्थात् काउली बूढीसहितका केही चर्चित अनुहार ब्याटलबाटै बाहिरिए भने आशालाग्दा नयाँ कलाकारले नकआउटमा प्रवेश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?