+
+

बर्थडेमा आकाशलाई फ्यानले दिए सुनको ब्रासलेट, औंठी र टप

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १२:४१

काठमाडौं । अभिनेता आकाश श्रेष्ठले शनिबार भव्य कार्यक्रममाझ जन्मदिन मनाए । उनको बर्थडे मनाउन काठमाडौंको एवान भेन्यु पार्टी प्यालेसमा कार्यक्रम नै आयोजना गरिएको थियो ।

खरानी रङको सुटमा ठाँटिएर फ्यानसँगै जन्मदिन मनाउन आकाश उक्त पार्टी प्यालेसमा पुगेका थिए । जहाँ समारोहलाई भव्य देखाउन उनले कुनै कसर बाँकी राखेनन् । फ्यानले लगाइदिएका फूलको माला र खादाबाट उनी ढाकिए ।

हुन त आकाश भनेपछि फ्यानहरु पनि हुरुक्कै हुन्छन् । उनका यस्ता डाइहार्ट फ्यान छन् कि आकाश भनेपछि जहाँसुकै पनि पुग्छन् । उनको फिल्म हलमा रिलिज हुँदा पनि फ्यानको जुन क्रेज देखिन्छ, यसले अरुलाई आश्चर्य पनि तुल्याउँछ ।

शनिबार आकाशको जन्मदिन फ्यानले दिएको उपहारले चर्चामा रह्यो । फ्यानले उनलाई एक हातमा सुनको ब्रासलेट र औंठी तथा दुवै कानमा सुनको टप उपहार दिए ।

अर्का अभिनेता राजीवजंग बस्नेतसँग केक काटेपछि आकाशलाई फ्यानको गिफ्ट आउन थाल्छ । उपहारको पोको खोलेपछि आकाश लजाए पनि । त्यहाँ उपस्थित एक महिलाले आकाशलाई दिइएका ती सुनको उपहार लगाइदिन्छिन् ।

जन्मदिन समारोहमा आकाशले एक असहाय व्यक्तिलाई ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?