+
+

भायाटिभीको उत्साहजनक अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १७:०२

काठमाडौं । फिफा विश्वकप-२०२२ प्रतियोगिताको अवसर पारेर भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् ।

भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ ।

यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले १५० रुपैयाँ प्रति महिनासम्ममा भायाटिभी र ९९९ रुपैयाँ प्रति महिनासम्ममा २०० एमबीपीएस भायानेट अल्ट्राफाइ इन्टरनेट पनि पाउन सक्नेछन् ।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र १२ हजार १२३ रुपैयाँसम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र २४ हजार ३३५ रुपैयाँसम्मको मूल्यमा खरिद गर्न पाउने छन् ।

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयू र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको कम्पनीले जनाएको छ । यो अफर २० नोभेम्बरमा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?