+
+

ग्लोबल आईएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १५:१०

काठमाडौं । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋाणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले ११.२५ प्रतिशत ब्याजदरको ‘ग्लोबल आईएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

आइतबार बैंकले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता भएको हो । ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?