+
+

प्रेमध्वज प्रधानको गितार हार्ड रक क्याफेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:४१
फाइल तस्वीर

काठमाडौं । दरबारमार्गस्थित शेर्पा मलबाट उक्लिएपछि भेटिन्छ हार्ड रक क्याफे । गत शुक्रबार क्याफेमा बेग्लै उत्सव थियो । जति जति साँझ छिप्पिंदै गयो, त्यहाँ सांगीतिक रंग चढ्दै गयो ।

मधुर संगीतको पाश्र्वध्वनिमा आगन्तुक आउने क्रम जारी थियो । यो जमघट थियो, हार्ड रक क्याफेको पहिलो वार्षिकोत्सवको ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गायक योगेश्वर अमात्यलगायतको उपस्थिति थियो । सोही अवसरमा गायक योगेश्वर अमात्य र दिवंगत गायक प्रेमध्वज प्रधानको गितार क्याफेलाई प्रदान गरिएको थियो ।

हार्ड रक एक अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो । सन् १९७१ मा । गत वर्ष काठमाडौंमा यसैको शाखा विस्तार गरिएको हो ।

शेर्पा मलको दोस्रो तलामा रहेको हार्ड रकमा विभिन्न पेयका साथमा कन्टिनेन्टल खानाको स्वाद पाइन्ज्छ । यहाँ बारमा बसेर मधुरसको स्वादमा रमाउन सकिन्छ भने रक संगीतमा झुम्दै मीठा मसिना परिकारको स्वाद चाख्न पाइन्छ ।

हार्ड रकमा हरेक साँझ प्रत्यक्ष सांगीतिक प्रस्तुति हेर्न पाइन्छ । खासगरी रक संगीतका पारखीलाई यसले बढी आकर्षित गर्छ । यहाँको खान्की मात्र होइन, माहौलले पनि आगन्तुकलाई लोभ्याउँछ ।

७०० वर्गमिटरमा रहेको यो क्याफेमा एकैपटक २०० जना अटाउन सक्छन् । हार्ड रकमा पाहुनालाई सिग्नेचर बर्गर, सलाद, स्यान्डविच र डेजर्टहरूसँग परम्परागत अमेरिकी स्वाद पनि उपलब्ध हुन्छ ।

यसरी सुरु भएको थियो हार्ड रक

पिटर मार्टन र आइज्याक टाइग्रेटले हार्ड रक क्याफे थिमको यो रेष्टुरेन्ट सुरु गरेका थिए । सन् १९९७ मा यसले आफूलाई थप परिमार्जन गर्दै रक एण्ड रोललाई पनि समावेश गर्‍यो । अन्ततः यसले आफ्नै विशिष्ट व्यञ्जनसहित आगन्तुकलाई सांगीतिक खुराक पनि पस्किन थाल्यो ।

सन् २००६ हार्ड रक सेमिनोल फ्लोरिडाको जनजातिलाई बेचियो र यसको मुख्यालय ओर्लाण्डो फ्लोरिडामा सारियो । यसैको फ्रेन्चाइज अहिले विश्वभर फैलिएको छ । विश्वका ५० बढी मुलुकमा दुई सयको हाराहारीमा हार्ड रकको शाखा विस्तार भएको छ ।

हार्ड रक ब्राण्डमा क्याफे, होटल र क्यासिनोहरु सञ्चालनमा छन् । जुन २०२१ मा कम्पनीले आफ्नो ५० औं वार्षिकोत्सव मनाइरहँदा विख्यात फुटबलर लियोनल मेस्सीलाई हार्ड रकले आफ्नो ब्राण्ड एम्बासडरको रुपमा घोषणा गर्‍यो ।

‘हार्ड रक’ ब्राण्डले समय र स्थान अनुसार सीमित संस्करण मात्र निकाल्ने भएकाले पनि यसको महत्व बढी हुने बताइन्छ । खासमा यो खानपानकै गन्तव्य हो । त्यसमा पनि बर्गरको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?