+
+

पत्रकार महासंघ जापानमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १०:०७

२१ कात्तिक, टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पहरीले अध्यक्ष पदका अरु उम्मेदवार दिपक गौतम, कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराउँदै निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा श्रेष्ठबोहक गोकर्ण अधिकारी  र विनोदकुमार सापकोटाले पनि उम्मेदवारी दिएका थिए ।

अध्यक्ष र खुला उपाध्यक्ष पदबाहेकमा सर्वसम्मत पदाधिकारी चयन भएको छ ।

महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् । सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । खुला सह–सचिवमा विश्वास आचार्य, समावेशी सह–सचिवमा सजिना मोक्तान चयन भएकी छन् । कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मी पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्, प्रेमश शेर्पा, फुर्वा शेर्पा चयन भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् ।

अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए । खुल्ला सत्रमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सहभागी थिए ।

जापानस्थित पत्रकार महासंघको शाखामा ६६ जना साधारण सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?