+
+

संसारकै अग्ली महिलाको पहिलो हवाई यात्रा, ६ सिट उखेलेर बनाइयो ओछ्यान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १२:५४

सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ ।

तपाईंलाई पनि अनौठो लाग्नेछ कि ती महिलाको शरीर यतिधेरै अग्लो छ कि उनका लागि जहाज भित्रको उचाइ पर्याप्त हुने कुरै भएन । उनको बसाइको बन्दोबस्त गर्नका लागि जहाज भित्रका ६ वटा सिट हटाएर ओछ्यान नै बनाउनु पर्‍यो ।

टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त नहुने नै भयो । त्यसैले एयरलाइन्सले रुमेसाका लागि ६ वटा सिट जोडेर एउटा ओछ्यान जस्तै सिट बनाइदियो, ता कि उनले आरामसँग आफ्नो यात्रा तय गर्न सकून् ।

रुमेसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको पहिलो जहाज यात्राका केही तस्वीरहरू शेयर गरेकी छिन् । जसमा उनी टर्किस एयरलाइन्सको जहाजभित्र एउटा लामो सिटमा पल्टिएको देखिन्छ ।

उनका लागि ६ वटा इकोनोमी सिटलाई एउटा ओछ्यान आकारमा ढालिएको छ । आफ्नो पहिलो हवाइजहाज यात्राका क्रममा रुमेसा टर्कीबाट अमेरिका गएकी हुन् । उनले १३ घण्टाको हवाई यात्रा गरिन् ।

स्मरण रहोस् विश्वको सबैभन्दा अग्लो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी रुमेसा सबैभन्दा लामो हत्केला हुने महिला पनि हुन् ।

एजेन्सी

 

View this post on Instagram

 

A post shared by RUMEYSA GELGI (@rumeysagelgi)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?