+
+

धुलिखेल जिपलाइनमा विदेशीलाई पनि नेपाली सरह शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:०७
फाइल तस्वीर

२१ कात्तिक, काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि तीन प्रकारको छुट्टा-छुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले जानकारी दिए ।

नेपाली र अन्य सवै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सीईओ भुपेश श्रेष्ठले बताए ।

यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो ।

यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो ।

यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकः ६० डलर तोकिएको थियो ।

कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जिपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?