+
+
Shares

मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १२:२७

२२ कात्तिक, काठमाडौं । बाँके निर्वाचन क्षेत्र नंम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाका नेतासमेत रहेका राईले निर्वाचन प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आफैंले वा प्रतिनिधिमार्फत २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु)का विरुद्ध तपाईंले अपमानजनक अभिव्यक्ति दिनुभएको हो, होइन ?’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

इस्तियाकको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधानविपरीत भएको आयोगको ठहर छ ।

उक्त खण्डमा ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?