+
+

विश्वकप-२०२२ मा कतारको यात्रा: आयोजक बनेपछि पाएको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १४:२६

२२ कात्तिक, काठमाडौं । कतारले नोभेमाबर २० तारिखमा फुटबलमा इतिहास बनाउँदैछ । आयोजकको हैसियतमा फिफा विश्वकपमा डेब्यू गर्दैछ र यस्तो अवसर पाउने कतार पहिलो टिम बन्नेछ ।

सन् २०१० डिसेम्बरमा पिफाले कतारलाई २०२२ को विश्वकप आयोजकको रुपमा घोषणा गरेपछि यस समाचारले गल्फ राष्ट्रमा फुटबल समर्थकको ध्यान खिचेको थियो ।

यद्यपी कतारमा लामो समयअघि देखि नै फुटबल अफिसियल खेलको रुपमा मान्यता पाएको थियो । कतार फुटबल एसोसिएसन ९क्युएफए० सन् १९६० मा स्थापना भएको हो । त्यसको तीन वर्षपछि नै फिफाको सदस्य बनेको थियो ।

पहिलो दुई मुख्य प्रतियोगिताहरुमा हार्ने टिमको रुपमा रहेको कतारी टिमले १९८४ को गल्फ कपमा पहिलो पटक प्रभाव देखायो । त्यसबेला कतार फाइनल पुगेको थियो । इराकसँग पेनाल्टीसुटआउटमा पराजित भयो ।

१९९० को दशकमा अनाबी ९कतारको उपनाम० को उदय भएको थियो । १९९२ मा कतारले पहिलो पटक गल्फ कपको उपाधि जित्यो र समर ओलम्पिकका लागि छनोट भयो । यसअघि कहिल्यै पनि विश्वकपका लागि छनोट नभएको त्यसयता कतार धेरै पटक छनोट नजिक पुगेर पनि असफल थियो ।

कतार सन् १९९० को विश्वकपमा छनोट हुने दौडमा थियो तर छनोटको अन्तिम चरणमा तेस्रो भयो । यस्तै १९९८ को विश्कपका लागि साउदी अरेबियासँग अन्तिम प्लेअफमा पराजित भयो ।

क्षेत्रीय र महादेशीय स्तरमा कतारको प्रगति २००० को दशकसम्मसम्म जारी रह्यो । कतारले २००६ को एसियन गेम्समा आयोजकको रुपमा पुटबलमा स्वर्ण जित्यो ।

कतारले सबैभन्दा ठूलो सफलता भने २०१९ मा पायो । जहाँ शानदार प्रदर्शन गर्दै पहिलो पटक एसियन कपको उपाधि जित्यो । युएईमा भएको प्रतियोगितामा कतारले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सबै तीन खेल जितेर १० गोल गरेको थियो ।

राउण्ड अफ १६ मा इराकलाई हराएको कतारले क्वाटरफाइनलमा दक्षिण कोरियालाई पराजित गर्‍यो । यस्तै सेमिफाइनलमा युएईलाई ४-० ले हरायो । फाइनलमा पूर्व विजेता जापानलाई ३-१ ले हराएर च्याम्पियन बन्यो । फाइनलमामा एक गोल सहित १० गोल गरेका फरवार्ड अल्मोज अली, गोलकिपर साद अल शिव र रक्षापंक्तिको प्रदर्शन उत्कृष्ट थियो ।

एसियन कपमा कतारले १० गोल गर्दा फाइनलमा एक गोल मात्र बेहोरेको थियो । कतारले एसियन च्याम्पियन बनेर घर फर्कँदा शानदार स्वागत पायो र विश्वकपमा समर्थकको अपेक्षा पनि बढेको छ ।

२०१९ यता भने कतारको नतिजा मिश्रित छ । अन्तर्राष्ट्रिय एक्सपोजरका लागि भन्दै कतारलाई २०१९ को कोपा अमेरिकामा आमन्त्रण टोलीको रुपमा सहभागी गराइएको थियो । जहाँ कतारले तीन खेल हार्दा एकमा बराबरी गरेको थियो ।

यस्तै कतार विभिन्न एएफसी विश्वकप छनोट समूहमा पनि सहभागी भइसकेको छ । २०२१ को कोनकाका गोल्डकपमा पनि कतारलाई आमन्त्रण गरिएको थियो जहाँ कतार सेमिफाइनल पुगेको थियो ।
गत वर्ष गल्फ कपमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो भएपछि कतार पिफा वरियतामा अहिलेसम्मकै माथि ४८औं स्थानमा पुगेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रगति गरिरहेको कतारले आयोजकको रुपमा फाइदा लिँदै नकआउट चरणसम्म पुग्ने समर्थकले आशा राखेका छन् ।

कतारका प्रशिक्षक फेलिक्स सान्चेल विशेष गरी बफ्नो रक्षापंक्तिमा बढी भर गर्र्छन् । जसलाई गोलकिपर अल शिवले नेतृत्व गर्नेछन् ।

२६ वर्षीय अल्मोज अलीको कतारको अग्रपंतिमा मुख्य खेलाडीको रुपमा हुनेछन् । एसियन कप जित्दा उनले नै सर्वाधिक गोल गरेका थिए । यससँगै अक्रम अफिफ र कप्तान हसन अल हाएडोस कतारको अट्याकमा हुनेछन् ।

एसियन कप विजेता प्रशिक्षक फेलिक्सले विश्वकपको प्रतिद्वन्दी अन्य प्रतियोगितामा कतारले प्रतिस्पर्धा गरेको भन्दा फरक हुने स्वीकारेका छन् र समूह चरण पार गर्न उनीहरुलाई सहज भने पनि बुझेका छन् ।

‘प्रतियोगितामा हाम्रो खेलहरु कठिन हुनेछ,’ सान्चेजले पछिल्लो अन्तर्वार्तामा भनेका छन्, ‘हामीले धेरै बलियो टिमसँग खेल्नुपर्ने छ, त्यस्तो टिमहरु जो विश्वकप खेलिसकेका छन् ।’

समूह चरणमा इक्वेडर ९नोभेम्बर २००, सेनेगल ९नोभेम्बर २५०, र नेदरल्याण्ड्स ९नोभेम्बर २९० विरुद्ध हुने खेलका लागि सान्चेजले घरेलु समर्थनको महत्वलाई पनि जोड दिएका छन् । ‘समर्थकको जयजयकारले कतारलाई विश्वकप दौरान सहयोग गर्नेछ र खेलाडीहरूलाई आफ्नो उत्कृष्ट प्रदर्शन दिनको लागि प्रेरित गर्नेछ ।’

अल जजिराबाट अनुदित

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?