+
+

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १६:५१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण दिएको छ ।

अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेसडर एवं राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्किल डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

१९-२१ कात्तिकसम्म सञ्चालन भएको कार्यक्रमका ब्राण्ड एम्बेसडर खड्काले प्रशिक्षणमा सहभागि अभिकर्ताहरुलाई बधाई दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा देश भरबाट करिब १०० जना वरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?