+
+

कालिकोटमा प्रचण्डले भने : महेन्द्रलाई जिताउनुहोस् मन्त्री बनाएर पठाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १७:१५

२२ कात्तिक,कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

मंगलबार कालीकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रममा उनले भने, ‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ । यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु ।’

अध्यक्ष प्रचण्डले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह समेत गरे ।

उनले नेकपा एमाले नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएको आरोप लगाए । प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा दने पनि आश्वासन दिए । उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नति गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?