+
+

कपिलवस्तुमा भइसकेको काम गर्छु भन्दै कांग्रेस उम्मेदवारले ल्याए घोषणा पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १९:५४

२२ कात्तिक, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका नेपाली कांग्रेसका उम्मेदवारले दुई वर्षअघि नै सकिएको काम गर्ने प्रतिबद्धतासहितको घोषणा पत्र ल्याएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्य तथा प्रदेश सभा सदस्य उम्मेदवार विक्रम सिंह थापा र सुधाकर पाण्डेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने उल्लेख छ ।

उनीहरुको ३० बुँदे घोषणापत्रको बुँदा ४ मा लेखिएको छ, ‘कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने ।’

तर उनीहरुले उल्लेख गरेको कपिलवस्तु अस्पतालमा २०७७ साल चैत २४ गतेदेखि आईसीयू र एनआईसीयू सेवा सञ्चालनमा आएको थियो ।

अस्पतालमा १० वेडको आईसीयूमध्ये ५ बेडमा भेन्टिलेटर जडान गरिएको छ । ३ बेड एनआईसीयू सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । उनले अस्पतालमा भएको आईसीयू र एनआईसीयू सेवा अहिलेका लागि पर्याप्त भएकाले एमआरआई, सिटी स्क्यान जस्ता सेवा सञ्चालनमा जोड दिनुपर्ने बताए ।

उम्मेदवारको प्रतिबद्धता पत्र लेखन समितिका संयोजक रवि ठाकुरले अस्पतालमा बेडको संख्या थप गर्नका सहयोग गर्ने भनेर प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?