+
+

किसानले बिक्री गर्ने धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँसम्मले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:५७
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?