+
+

मन्त्री निधनको शोकमा प्रदेश १ मा भोलि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १७:३७

२३ कात्तिक, विराटनगर ।  प्रदेश १ सरकारले  बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिए  ।

थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?