+
+

चुनावमा खटिएका शिक्षकले निजामतीसरह मर्यादा नपाएकाेमा आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १८:२९

२३ कात्तिक, काठमाडौं । शिक्षक महासंघले निर्वाचनमा शिक्षक खटाउँदा मर्यादा नदिएको भन्दै आपत्ति जनाएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको महासंघको भनाइ छ ।

निर्वाचन आयोगले २६ साउनमा स्वीकृत गरेको निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ को दफा ११ (२) कर्मचारी परिचालन नभएको महासंघले बताएको छ ।

मतदान अधिकृतको रुपमा माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्धितीय र प्रावि प्रथम शिक्षक र शाखा अधिकृत मात्रै हुनुपर्ने, सहायक मतदान अधिकृतमा निमावि तृतीय, प्रावि द्धितीय, प्रावि प्रथम र शाखा अधिकृत मात्र हुनुपर्ने, सहायक कर्मचारीको रुपमा प्रावि तृतीय, बाल विकास शिक्षक, विद्यालय कर्मचारी (सह लेखापाल) मात्र रहनुपर्ने गरी सच्याउन शिक्षक महासंघले माग गरेको छ ।

सेवामा नरहेका शिक्षक कर्मचारीलाई समेत खटाइएको तर बहालवाला वरिष्ठ शिक्षकलाई नखटाएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?