+
+

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको बारको ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १६:०३

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर अख्तियारले आफू अनुकुलको फैसला गर्न दबाव दिएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो ।

बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले भनेका छन्, ‘आफ्नो क्षेत्रधिकारको समेत ख्याल नगरी ‘अदालतबाट न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको बार केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकको निष्कर्ष छ ।’

न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा शैलीको प्रस्तुति उचित नभएको भन्दै बारले विधिको शासनको पालना गर्न ध्यानाकर्षण समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?