+
+

धरानमा बस्न सकेन कार्यपालिका बैठक, मेयरले माफी माग्नुपर्ने अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १९:२२
फाइल तस्वीर

२४ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरुलाई एक ट्रक जति धन्यवाद ।’ धरानमा लगातार दुईवटा कार्यापालिका वैठक स्थगित भएको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका वैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए ।

यसअघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो । दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि वैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

माफी माग्नुपर्ने अडान

वडाध्यक्षहरुले मेयर हर्क साम्पाङले माफी नमागेसम्म बैठकमा नजाने तयारी गरेका छन् । ‘दंशैंअगाडि बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुलाई मेयर साबले अपमान गर्नुभयो । उहाँ पनि निर्वाचित, हामी पनि निर्वाचित तर उहाँले हामीलाई बोल्नसमेत रोक्ने भनेर हामी आजको वैठकमा गएनौं । उहाँले माफी नमागेसम्म वैठकमा जादैनौं’ एक वडाध्यक्षले अनलाइनखबरसँग भने ।

मेयर हर्क सम्पाङले भने माफी नमाग्ने अडानमा छन् । उपमेयर अइन्द्रबिक्रम बेघा भन्छन्, ‘मेयर साबले आफूले माफी माग्नुपर्ने गल्ती नगरेको भन्दै माफी नमाग्ने भनेर बस्नुभएको छ । कार्यपालिका सदस्यहरुले माफी नमागेसम्म नआउने भनेका छन् । त्यही भएर आजको वैठक रोकियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?