+
+

पिपुल्स हाइड्रोपावरको ५६ करोडको आईपीओ आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते ११:५२

२५ कात्तिक, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले २५ कात्तिक २५ बिहीबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो ।

कम्पनीले आयोजन प्रभावितका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासहित कुल ५६ लाख ६ हजार ३९० कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाा बराबरको साधारण सेयर जारी गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ छिटोमा २९ कात्तिकमा बन्द हुनेछ भने उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद ९ मंसिरसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको दोर्दी/पुर्मु/चुर्मु खोलाको पानीको बहाव सदुपयोग हुने गरी ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण अवधिको ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४०७ रुपैयाँ तथा कूल लागत १० अर्व ३९ करोड अनुमान गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?