+
+

शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १२:४६

२५ कात्तिक, चितवन । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कात्तिक २८ गते छ । सो सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?