+
+

मंसिर ४ गते जनमत संग्रह हुँदैछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १६:२०

२५ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।

शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको बताए ।

‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन छदै छैन,’ उनले भने, ‘नेपाली जनताले झण्डै ७० बषै लडेर ल्याएको संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याएर फेरि देशलाई निरंकुशता र अराजकतातिर धकेल्ने बिचमा जनमत संग्रह हुन लागेको छ ।’

राजतन्त्र फिर्ता ल्याउनका लागि आफूहरुविरुद्ध अर्को गठवन्धन बनेको बताउँदै उनले दुई गठवन्धन बिच राजनीतिक भिडन्त हुने जानकारी दिए ।

आसन्न निर्वाचनमा अत्याधिक बहुमतले आफूलाई विजयी गराएर नयाँ इतिहास कायम गर्न पनि उनले आग्रह गरेका छन् । ‘संसारले पनि गोरखाले नयाँ इतिहास कायम गर्‍यो भन्ने खालको मतपरिणाम ल्याउनुपर्‍यो, अरु जस्तै सरदर जित हुनु भएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?