+
+

भ्वाइस अफ नेपालमा नकआउट प्रतिस्पर्धा : टीम प्रमोदबाट को-को लाइभ राउण्डमा प्रवेश गरे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते २०:१२

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड सुरु भएको छ । शुक्रबार सम्पन्न नकआउट राउण्डको पहिलो एपिसोडमा टीम प्रमोदका नौ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो । जसमध्येबाट तीनजना छानिएका छन् र उनीहरु लाइभ चरणमा प्रवेश गरेका छन् ।

आशिष महर, आशिष रायमाझी र योगेश मगर टीम प्रमोदबाट आगामी चरणमा प्रवेश गरेका हुन् । आगामी राउण्डमा लाइभ प्रस्तुति हुने र निर्णय दर्शकीय मतको आधारमा हुने जनाइएको छ ।

कोच राजेशपायल राई, प्रविशा अधिकारी र राजु लामाको समूहका ९/९ जना प्रतिस्पर्धीले बाँकी नकआउट एपिसोडहरुमा प्रतिस्पर्धा गर्दैछन् । नकआउटमा प्रतिस्पर्धा गर्ने ३६ जनाबाट १२ जना लाइभ राउण्डको लागि छनौट हुने जनाइएको छ ।

भ्वाइसको नकआउट राउण्ड निकै रोचक देखिएको छ । लाइभ राउण्डबाट दर्शकीय भोट पनि सुरु हुने भएकाले आगामी प्रतिस्पर्धा झनै रोचक हुने अपेक्षा गरिएको छ ।

द भ्वाइस अफ नेपाल हिमालय टिभीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?