+
+

‘भ्वाइस’की रोजिनालाई प्रमोदको गीत उपहार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १४:४१

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को लाइभ राउण्ड चल्दै गर्दा कोच प्रमोद खरेलले एउटा घोषणा गरे, उपहारस्वरुप भ्वाइसकी प्रतिस्पर्धी रोजिना बस्नेतसँग एक गीत रेकर्ड गर्ने ।

जुन दिन प्रमोदले यस्तो घोषणा गरे, सोही दिन रोजिना अन्तिम ११ बाट बाहिरिइन् । कोच उदय सोताङको समूहकी प्रतिस्पर्धी भए पनि प्रमोदले उनको गायकीको प्रशंसा गर्दै गीत रेकर्ड गराउने वचन दिएका थिए ।

शनिबार उनले उक्त प्रतिबद्धता पूरा गरेका छन् । अर्जुन पोखरेलको स्टुडियोमा प्रमोदले रोजिनासँग ‘तिम्रो साथ बिना’ बोलको गीत रेकर्ड गरे । यो रोमान्टिक गीतको भिडियो पनि छायांकन भइसकेको छ । सोमबार युट्युबबाट यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रमोदले भ्वाइस चल्दै गर्दा गीत रेकर्ड गरेको बताए । ‘अहिले फाइनल टच मात्र दिएका हौं । रोजिनाको टोन, टेस्क्चर, स्किल मन परेको हो । रोजिनालाई कुनै न कुनै अपर्चुनिटी दिने मुडमै थिएँ । रोजिनाजस्तो ट्यालेन्टलाई हामीले छाड्नुहुँदैन । ब्याक हुन दिनु हुँदैन,’ प्रमोद भन्छन्, ‘समयसँग ब्याक हुँदै जाँदा हराउँदै जान सक्ने चान्स हुन्छ ।’

नेपाली संगीत उद्योगका धेरै गीतमा रोजिनाले स्वर भर्न सक्ने सम्भावना रहेको प्रमोद बताउँछन् । ‘गाउन कति धेरै रहर थियो,’ रोजिनाले संक्षिप्त प्रतिक्रिया दिइन् । कोच उदय सोताङसँग पनि गीत रेकर्डको तयारी रहेको उनले बताइन् । भ्वाइसबाट बाहिरिएपछि रोजिनाको यो पहिलो गीत हो ।

यो गीतको कम्पोज अर्जुन पोखरेलले गरेका छन् । ‘सुरुमा रोजिनाले नै गाउने भन्ने थिएन । फिमेल स्वर पनि हाइ रेन्जमा गाउने चाहिएको थियो । स्टुडियोमा आउनुअघि रोजिनाले गाउने पनि थाहा थिएन,’ उनले भने, ‘गायकीपन र टोन हेर्दा एक-दुई वर्षमा रोजिनाले नेपाली संगीतमा छलाङ मार्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?