+
+

युट्युब ट्रेन्डिङ : ‘ऊनको स्वीटर’देखि भाइरल किशोरकिशोरीका गीतसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १२:२७

काठमाडौं । युट्युबको नेपाल ट्रेन्डिङको सूची हेर्दा यतिबेला दुईवटा ट्रेन्ड देख्न सकिनछ । फागूपर्व नजिकिएसँगै यसबारेका गीतलाई बढी रुचाइएको छ । भाइरल भएर गायनमा होमिएका किशोरीका गीत ट्रेन्डिङमा प्रशस्तै छन् ।

ट्रेन्डिङको यो प्रवृत्तिमाझ तीन साताअघि सार्वजनिक भएको फिल्म ‘ऊनको स्वीटर’को ओरिजिनल साउण्ड ट्रयाक ‘फूल’ ट्रेन्ड्रिङको संगीत खण्डतर्फ शीर्षस्थानमा छ । यो गीतलाई ३४ लाख पटक हेरिएको छ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मको उक्त गीतमा हर्क साउदको शब्द र सुजन चापागाईंको स्वर तथा संगीत छ ।

दोस्रो स्थानमा यवेश थापाको गीत ‘कसरी’ छ । तीन साताअघि रिलिज भएको यो गीतलाई २६ लाख पटक हेरिएको छ ।

पाँच दिनअघि रिलिज भएको हिपहप गीत ‘चटक’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । दोङको यो गीतमा योद्धा र युनिक पोइट फिचर्ड छन् । दोङ यतिबेला सबैभन्दा महंगा नेपाली र्‍यापर हुन् ।

हिमाल परियार र पूजा देवकोटाको गीत ‘किन रुवाको’ चौथो स्थानमा छ ।

छैटौं र सातौं स्थानमा सामाजिक सञ्जालमा भाइरल दुई किशोरीको गीत ट्रेन्डिङमा छन् । यस्तै सामाजिक सञ्जालमा भाइरल विष्णु परियारको गीत ‘दुनियाँलाई सोध’ र सुर्खेतकी किशोरी प्रीति विकको ‘आउनुन फर्केर’ ट्रेन्डिङको सातौं स्थानमा छ । प्रीतिको अर्को गीत ‘म त सानी छु’ पनि ट्रेन्डिङमा छ ।

होलीबारे बनेका केही भोजपुरी भाषाका गीत पनि युट्युब ट्रेन्डिङमा छन्, जसले आउँदै गरेको होलीपर्वको मुड दर्शाउँछ । मलिका महतको ‘मायालु’, सुनिल गिरीको ‘चरक्कै’ पनि ट्रेन्डिङमा छन् ।

११ दिनअघि रिलिज भएको ‘चरक्कै’को म्युजिक भिडियो मर्मस्पर्शी प्रेमको कथावस्तुमा आधारित छ । राजु परियारसँग मिलेर अर्की सामाजिक सञ्जालमा भाइरल भइरहेकी अञ्जु विश्वकर्माले गाएको ‘फूल किशोरी’ पनि ट्रेन्डिङमा छ ।

युट्युबको रियल टाइम ट्रेन्डिङमा भने नेपाली प्रयोगकर्ताको रुचि छोटा भिडियोतिर देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?