+
+

‘यहाँको जमिनी यथार्थ बुझेको छु’

मणिराम फुँयाल, नेकपा एमाले मणिराम फुँयाल, नेकपा एमाले
२०७९ कात्तिक २७ गते ९:०२

अहिलेसम्म आफ्नो पक्षमा कस्तो माहोल पाउनुभएको छ ?

अत्यन्तै सकारात्मक । जहाँ गए पनि सकारात्मक ‘रेस्पोन्स’ छ । अपेक्षाकृत राम्रो अवस्था छ ।

हामी तपाईंसँगै हिंड्दै गर्दा केही मतदाताले सडक नबनेको गुनासो गर्नुभएको थियो । यहाँको मुख्य एजेन्डा चाहिं केलाई बनाउनुभएको छ ?

केही मतदाताले सडकको कुरा उठाउनुभयो, त्यो स्वाभाविक छ । उहाँहरू सडकको समस्याबाट पीडित हुनुहुन्छ । असुविधामा पर्नुभएकाले कुरा उठाउनुभएको छ, त्यो सकारात्मक हो । हामीले त्यसलाई पनि ‘नोटिस’मा राख्नुपर्छ । जनताले भोगेका समस्यामा जनप्रतिनिधिले चासो र सरोकार राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।

कहीं सडकका कुरा, कहीं शिक्षाका कुरा, कहीं स्वास्थ्यका कुरा, खानेपानीका कुरा, ढलका कुरा आइरहेका छन् । यसमा मलाई पनि जानकारी छ । कहाँ कहाँ कुरा उठेका थिए, कति अधुरा रहे, कति गर्न बाँकी छन्, कति सुरु नै भएका छैनन् भन्नेमा म जानकार छु ।

हामी देशको नीति, निर्माण गर्ने ठाउँमा जाँदैछौं । त्यसै अनुसार आफ्नो भूमिका पनि निर्वाह गर्नुपर्छ ।

यहाँका मतदाताले तपाईंलाई नै किन मत दिने नि ?

एउटा विश्वास, भरोसाले दिनुहुन्छ जस्तो लाग्छ । आफ्नो गाउँ, ठाउँलाई बुझेको छु । भोक कस्तो हुन्छ भन्ने कुरा त भोकाएर अनुभव गरेकोलाई थाहा हुन्छ । चार दशकदेखि बुझ्दै आएको र भर्खरै सांसद हुने चाहना राख्नेबीचको अनुभवको तह निकै फरक हुन्छ ।

बुझेका प्रतिको विश्वास होला कि बुझ्न बाँकी रहेका प्रतिको विश्वास होला भन्ने बुझ्ने सन्दर्भमा त त्यो कुरा आइहाल्छ नि !

तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?

म चुनावमा उठेपछि विजयी हुन चाहन्छु । हामी एउटै टाइम फ्रेममा, एउटै खेल मैदानमा भएका खेलाडी त सबै प्रतिस्पर्धी नै हुन् । मैले यसलाई प्रतिस्पर्धी, उसलाई प्रतिस्पर्धी भन्न थालें भने त एउटाको नाम लिंदा अर्कोको अवमूल्यन गरे जस्तो हुन्छ ।

तपाईंले जित्ने आधार के के हुन् ?

मैले जित्ने आधार भनेको यहाँको जमिनी यथार्थ हो । यसमा मलाई कसैले क्लास दिनुपर्दैन । यहाँको समाज, सामाजिक संरचना र विभिन्न तन्तुबारे तुलनात्मक रूपमा मैले धेरै बुझेको छु भन्ने मेरो दावा हो ।

कति मतान्तरले जितिएला भन्ने लागेको छ ?

मैले त्यस्तो हिसाब राखेको छैन । कर्म गर्ने हो, फलको के चिन्ता ? मेरो काम कर्म गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?