+
+

पम्फा भुसाल भन्छिन्– मतदाताहरु मसँग सन्तुष्ट छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ११:१२

२७ कात्तिक, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी भुसालले आइतबारको घरदैलो कार्यक्रममा सो कुरा बताएकी हुन् ।

कांग्रेस एकताबद्ध नभएको र स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले चुनौती दिइरहेको बेला भुसालले आफूलाई डर नभएको बताइन् । उनले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यसैले डर मलाई छैन । जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

मन्त्री भुसालले आम मतदाताहरु आफूसँग खुशी र सन्तुष्ट रहेको जिकीरसमेत गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?