+
+

सिन्धु र काभ्रेको सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १९:२८

२७ कात्तिक, चौतारा । सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका वडा नम्बर ११ र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ६ को सीमा क्षेत्रमा पर्ने डुम्रे गाउँका बासिन्दाले आफूहरुको माग पूरा नभए मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले प्रशासनमा बुझाएको ज्ञापन पत्रमा सिम्ले बगर र डुम्रे बगरमा बालुवा, गिट्टी तथा ढुङगा संकलन र बिक्री वितरण गर्ने वातावरण बनाउनु पर्ने, जग्गाको कित्ता नापी गरि गराइ लालपुर्जा वितरण गर्नु पर्ने माग राखेका छन् ।

माग पूरा नभए चुनावमा भोट नहाल्ने उनीहरुको चेतावनी छ ।

माझी र पहरी समुदायको बाक्लो बसोबास रहेको डुम्रे गाउँमा सीमा विवाद छ । दुवै जिल्लाले यो ठाउँ आफ्नो रहेको दाबी गर्दै आएका छन् ।

विवादकै बीच बनेका नागरिकतामा कसैको ठेगान काभ्रे जिल्ला त कसैको नागरिकतामा सिन्धुपाल्चोक जिल्ला उल्लेख छ ।

विवादकै कारण यहाँ नापी हुन सकेको छैन र स्थानीयबासिन्दासँग भोग चलन गरिरहेको जग्गाको लालपूर्जा पनि छैन ।

यो समस्या समाधान नभए मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने भन्दै उनीहरु ज्ञापन लिएर आइतबार चौतारा आइपुगकेका हुन् । ‘हाम्रो जमिनको क्षेत्रफल कति हो ? लालपुर्जा कस्तो हुन्छ ? थाहा छैन,’ उनीहरुले एक स्वरले भने, ‘हाम्रो जग्गा नापी हुनु पर्छ र हामीलाई लालपुर्जा चाहियो ।’

एउटै परिवारको एक भाइ सिन्धुको बासिन्दा र अर्को भाइ काभ्रेको बासिन्दा भनी अन्यायपुर्ण तवरले विभाजित गरेको उनीहरुको दुखेसो छ । एउटै सन्तानलाई ठाउँको नामले फरक बनाइदिँदा सामाजिक सदभाव लगायतमा समस्या परेको उनीहरुले बताए ।

‘एउटै ठाउँमा जन्मे हुर्केका एउटै बाउका सन्तालाई सिन्धु र काभ्रे भनेर विभाजित गरिदिएको छ,’ चौतारा आइपुगेका ठुलोबाबु माझीले भने, ‘आज हामी गरिब सिमान्तकृत आदिवासी माझी समुदाय थप अन्याय र विभेदमा परेका छौं ।’

उनीहरुले गत वर्षहरुमा पनि यो समस्या समाधन गर्न अभियानै चलाएका थिए । भूमि फिर्ता अभियानका क्रममा गरिएको सडक संघर्षबाट आफूहरुको समस्या समाधान नभएकाले अहिले चुनाव बहिस्कार गर्ने ज्ञापन पत्र बोकेर आउनु परेको प्रेम माझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?