+
+

गोरखामा एमाले नेतामाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते ११:५५

२८ कात्तिक, काठमाडौं । गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ ।

पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।

खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।

आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?