+
+

डेब्यूट्यान्ट आयन खानको स्पिन जादु, नेपालको कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १४:३६

२८ कात्तिक, काठमाडौं । नेपालले युएई विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको शृंखलाको पहिलो खेलमा २६४ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाइसकेको छ भने १७ ओभरमा ५५ रन बनाएको छ ।

युएईका युवा स्पीनर आयन अफजानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेका छन् । यसै खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै मेडन राखेका थिए ।

५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिइसकेका छन् । भर्खरै अष्ट्रेलियामा टी-२० विश्वकप खेलेर फर्किएका हुन् । उनी टी-२० विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी समेत हुन् ।

आयन खानले आफ्नो पहिलो ओभरमा नेपालका ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई आउट गरेका थिए । त्यसपछि उनले नेपालका कप्तान रोहित पौडेललाई बोल्ड गरे ।

नेपालका आसिफ शेख १२ रन बनाएर आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २ बल खेल्दा खाता खोल्न सकेनन् । यसै खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यू गरेका रोहित १ रन बनाएर आउट भए ।

यसै खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका हरिशंकर शाहले २१ बल खेल्दै ८ रन बनाए ।

क्रिजमा ओपनर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?