+
+

नेप्सेमा दोहोरो अंकको वृद्धि, करिब ९५ कारोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १५:२६

२८ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा उत्पादनमुलक उपसूचक सर्वाधिक ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्से एक प्रतिशत माथिले वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन । सोमबार बजारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ६ हजार र ङ्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४६ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले वृद्धि भएको छ ।

लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक ६.५८ प्रतिशतले गिरावट हुँदा ङ्यादी ग्रुप पावरको सेयर मूल्य ५.२० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.२० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?