+
+

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रावल जिम्मेवारीबाट मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ७:४९

२९ कात्तिक, काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् । अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् । उनीविरुद्ध रावलले बागी उम्मेदवारी दिएका हुन् । यहाँबाट नेकपा एमालेकी भावना बुढाथोकी उम्मेदवार छिन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेदवार छन् । उनीविरुद्ध माओवादी केन्द्रका सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरेको छ ।

रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर (आयाम) र नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यमा पनि माओवादी केन्द्रका बागी चन्द्रराज झाँक्री उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?