+
+

ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १२:०३
काठमाडौंका नगर प्रहरी । फाइल तस्वीर

३० कात्तिक, काठमाडौंं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ ।

नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी पनि खटाउन थालिएको हो ।

आज कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालिमाटी, कलंकीलगायत स्थानमा नगर प्रहरी परिचालित भएको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?