+
+

उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के-के भयो निर्णय ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १२:३५

३० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ । ‘यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइनेछ’, उपाध्यायले अनलाइनखबरसँग भने ।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताए । ‘मतगणना स्थल वरपर चाहिँ गणना नसकिएसम्म रोक लगाउने निर्णय छ’, उनले थपे ।

उपाध्यायका अनुसार निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरुले प्रदेशान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगत गर्ने पनि निर्णय भएको उपाध्यायले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?