+
+

राजेश हमालपछि पुकार बमको पक्षमा खुले दयाहाङ र दीपाश्री

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १३:१४

काठमाडौं । चुनाव नजिकिंदै गर्दा मनपर्ने उम्मेदवारको पक्षमा कलाकारहरु खुल्न थालेका छन् । कोही घरदैलोमै हिंडेका छन् भने कोहीले सामाजिक सञ्जालबाटै भोट मागिरहेका छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको पक्षमा खुलेका छन् । बम काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । मण्डला थिएटर पुगेका बमलाई दयाहाङले जितको शुभकामना दिए ।

यस्तै दीपाश्रीले पनि आफूलाई भोट गर्ने बताएको बमले उल्लेख गरेका छन् । बम मध्यबानेश्वरस्थित दीपाश्रीको घरमा भोट माग्न पुगेका थिए ।

दीपाश्रीलाई उद्धृत गर्दै बम लेख्छन्, ‘म काठमाडौं-१ कै मतदाता हुँ, पुकारलाई मत दिने कुरामा म तयार छु, यहाँ आजसम्म कोही आउनुभएको थिएन, तपाईं आउनुभयो ।’

अभिनेता राजेश हमालले पुकारलाई भोट माग्दै उनको विज्ञता र योग्यतालाई सदनमा पुर्‍याउनुपर्ने बताइसकेका छन् । महापुरुष निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई पनि बमकै पक्षमा खुलेका छन् ।

पछिल्लो समय कलाकारहरु दलभन्दा पनि उम्मेदवारको पक्षमा खुल्न थालेजस्तो देखिएको छ ।

केही साताअघि अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई र गायक राजेशपायल राई भोजपुरबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?