+
+

अक्षयकुमारलाई ‘हेराफेरी ३’ मा फिर्ता ल्याउँछु : सुनिल सेट्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:१२
अभिनेता सुनिल सेट्टी । फाइल तस्वीर

काठमाडौं । चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ ।

अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३ को हिस्सा भएको बताए तब अक्षयकुमारको संलग्नतालाई लिएर अन्योल भयो ।

यो मामिलामा सुनिल सेट्टीको प्रतिक्रिया आएको छ । फिल्ममा सुनिलले श्याम नामक चरित्र निर्वाह गरेका थिए ।

जब कार्तिकले अक्षयलाई फिल्मबाट रिप्लेस गरेको खबर बाहिरियो तब सुनिलले यसलाई अस्वीकार गरेका छन् । अक्षयलाई कसैले पनि रिप्लेस गर्न नसक्ने भन्दै सुनिलले कार्तिकको भूमिका अन्य रहेको समेत बताए ।

सुनिल सेट्टीले अक्षयकुमार बिना हेराफेरी पहिलेजस्तै नहुने भन्दै उनलाई मनाउन आफूले कुरा गर्ने बताएका छन् । सुनिलले भने, ‘अक्षय नहुँदा फिल्ममा खालीपन अवश्य हुन्छ । अब निष्कर्ष के हुन्छ, त्यो हेर्न बाँकी छ । म यसबारेमा केही पनि जान्दिनँ । म अहिले ‘धारावी बैंक’मा व्यस्त छु । यसबारे बसेर कुरा गर्ने समय मसँग थिएन । म १९ नोभेम्बर पछि नै बसेर कुरा गर्छु । अक्की र बाँकी सदस्यसँग कुरा गरेर यथार्थ के भएको हो यसबारे बुझ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?