+
+

फिफाले फुटबलबाट कसरी पैसा कमाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १५:४५

१ मंसिर, काठमाडौं । व्यवसाय कसरी चल्छ सबैलाई थाहा भएकै कुरा हो । सामान धेरै बिक्छ भने त्यहाँबाट आम्दानी हुन्छ । यदि कुनै चिज धेरैले मन पराए भने अवश्य पनि त्यसको मूल्य बढी हुन्छ ।

यस्तै हो फिफा विश्वकप पनि, विश्व फुटबलकाे कार्यकारी निकायले पनि विश्वकपमार्फत निकै पैसा कमाउँछ । २०१८ मा रसियामा भएको विश्वकपबाट फिफाले ४.६ विलियन डलरभन्दा बढी कमाई गरेको थियो ।

फिफाले आयोजक देशको आयोजक कमिटीलाई आयोजना खर्च, पुरस्कार रकम, सहभागी टिमलाई यातयात खर्च, बसोबास खर्च र आयोजक राष्ट्रमा खेलकुद प्रचारका लागि भनेर छुट्टा छुट्टै खर्च विनियोजन गरेको हुन्छ ।

कतार विश्वकप-२०२२ को उपाधि विजेता टिमले मात्र ४२ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ ।

फिफाले आफ्नो आर्थिक प्रतिवेदन प्रत्येक चार वर्षमा व्यवस्थापन र प्रकाशन गर्छ । हालसालै फिफाले २०१५ देखि २०१८ सम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा ६.४ विलियन डलरको कारोबार देखाइएको थियो । २०२१ मा मात्रै एक वर्षको लागि फिफाले ७६६ मिलियन डलरको आर्थिक कारोबार सार्वजनिक गरेको थियो ।

टेलिभिजन प्रसारण अधिकार

फिफाले चार वर्षमा कमाउने सबैभन्दा बढी कमाई टेलिभिजनमा विश्वकपको प्रत्यक्ष प्रसारण अधिकारबाट उठाउने गर्छ । फिफाकाे पछिल्लाे प्रतिवेदनअनुसार सन् २०१५ देखि २०१८ सम्म उसले गरेकाे ६.४ विलियन डलर आम्दानीमध्ये ४.६ विलियन प्रत्यक्ष प्रसारण अधिकार बेचेर कमाएको थियो ।

विज्ञापन अधिकार

विश्वप्रख्यात ब्रान्डहरुले फिफा विश्वकपमा आफ्नो विज्ञानपन गर्न ठूलो रकम खर्च गर्छन् । विज्ञापनमार्फत हुने आम्दानी फिफाको अर्को मुख्यस्रोत हो । ठूला ब्रान्डहरुले फिफासँगको विश्वकपको विकास र सामाजिक उत्तरदायित्वको लागि सहकार्य गर्ने गर्छन् ।

उनीहरुले फिफाको गैरनाफामुखी योजनाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि ग्रसरुटसम्म सहकार्य गर्ने गर्छन् ।

फिफा विश्वकप विश्वको यस्तो ब्रान्ड हो जसलाई विश्वका आधा जनसंख्याले हेर्ने अनुमान गरिएको हुन्छ । करिब ५ बिलियन मानिसहरुले विश्वकप हेर्नेछन् ।

२०१८ को विश्वकपमा फिफाले विज्ञापन अधिकार बेचेर १.६६ विलियन डलर कमाएको थियो । २०२१ मा फिफाले आफ्नो विज्ञापन अधिकार बेचेर १३१ मिलियन डलर कमाएको विवरण सार्वजनिक भएको छ ।

टिकट तथा आतिथ्य शुल्क

२०१५–२०१८ सम्म विश्वकपमा फिफाले टिकट तथा आथित्यता बिक्रि गरी ७२१ मिलियन डलर कमाएको थियो ।

टिकटका लागि कुनै कम्पनीले जिम्मा लिएको हुन्छ । उक्त कम्पानीले फिफा मातहत रहेर टिकट बिक्री गर्ने गर्छ ।

२०२१ मा अरब कपका लागि ६० हजार टिकट बिक्रि गरी फिफाले १२ मिलियन डलर आम्दानी गरेको थियो । कतार विश्वकप २०२२ का लागि ३ मिलियन टिकट बिक्रि भइसकेको छ । हरेक टिकटको मूल्य १०० देखि ११०० डलरसम्म रहेको छ । यसले पनि फिफालाई निकै आम्दानी हुने अंकलन गरिएको छ ।

ब्रान्डिङ र लाइसेन्स 

फिफा विश्वकप २०२२ को यसपालीको मुख्य आकर्षण भनेको इलेक्ट्रोनिक आर्ट हो । यो ब्रान्डले आफूलाई विश्वकपको आकर्षण बनाएबापत फिफाले मोटो रकम लिएको हुन्छ । फिफाले इलेक्ट्रोनिक आर्ट (इए)सँग २० वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार फिफाले समग्रमा २० बिलियन डलर प्राप्त गर्नेछ ।

खेल व्यवस्थापकको बुझाइका अनुसार इएले फिफा नाम प्रयोग गर्नका लागि मात्र हरेक वर्ष १५० मिलियन डलर बराबरको रकम तिर्नेछ ।

२०२१ मा फिफाले मर्चेन्डाइज, रिटेल र गेमिङको लाइसेन्स बिक्री गरी १८० मिलियन डलर कमाएको थियो । सोही वर्ष फिफाले अमेरीकी न्यायिक विभाग (डिपार्टमेन्ट अफ जस्टिस) बाट २०१ मिलियन डलर पुरस्कारस्वरुप प्राप्त गरेकाे थियाे ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?