+
+

ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच कर्जासम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ । आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ दिनभित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?